कञ्चनपुर – कञ्चनपुरमा १४ वर्षीया बालिकाले आफूमाथि सामूहिक बलात्कार गरिएको भन्दै बनावटी घटना रचेको खुलेको छ।जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको बालिकाको दाबी झूटो रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले अनुसन्धानका क्रममा कक्षा ७ मा अध्ययनरत ती बालिकाले बनावटी घटना रचेको खुलाएका छन् । थापाकाअनुसार घरबाट कलम किन्छु भन्दै हिँडेकी उनले प्रेमी समेत रहेका आफूसँगै अध्ययन गर्ने अन्दाजी १६ वर्षीया किशोरलाई भेट्न गएको अनुसन्धानले खुलाएको छ ।
तर धेरै ढिलो भएपछि घरपरिवार रिसाउने हुन भन्ने भयले सामूहिक बलात्कारमा परेको भन्दै आफू झुटो बोलेको उनले प्रहरीलाई बताएकी छन्।बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
यसअघि शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले बताएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३