काठमाडौं, ३ चैत । काठमाडौंमा स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा चोरी भएको छ ।उनले विभिन्न बैंकबाट सो रकम निकालिएको थियो ।
डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।
उता, काठमाडौं महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने बारा जितपुर सिमरा घर भएका ४५ वर्षीय सुरेश पन्तको कोठाबाट दराज फुटाई करिब ४ लाख ९५ हजार ५ सय रूपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७