काठमाडौँ – सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यस साताको पहिलो कारोबार दिनदेखि सुन यसै मूल्यमा किनबेच भइरहेको हो ।
सुनको भाउ स्थिर रहेता पनि चाँदीको भाउ भने निरन्तर वृद्धि भइरहेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुँदैछ । सोमबार पनि चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको थियो ।मंगलबार अन्तरराष्ट्रिय बजारमा भने सुनचाँदीको भाउमा बढोत्तरी भएको छ । यस दिन सुन प्रति अउन्स चार डलरभन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७३६ डलर बराबरमा खरिदबिक्री हुँदैछ ।
चाँदी पनि सामान्य रुपमा उकालो लागेर प्रति अउन्स २६ डलर भन्दा धेरैमा किनबेच भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३