काठमाडौँ – बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने झापा गौरादहका ५१ वर्षीय उपेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र १ करोड ८५ लाख रुपैयाँ जरिवाना ठहर गरेकाे थियाे ।
बैंकमा पर्याप्त रकम नभएको जानीजानी प्रभु बैंककाे खाली चेक काटेर दिइ पीडितलाई झुकाएका थिए । उनलाई प्रहरीले काठमाडौं धुम्बाराहीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३