काठमाडौं – नेकपा (एमाले) को आन्तरिक संघर्ष झनै चुलिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेपछि विवाद झनै चुलिएको छ । नेता नेपालसहित चारै जना नेताले कुनैपनि हालतमा ओलीले सोधेको स्पष्टीकरण नदिने अडान लिएका छन् ।
अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय नेपाल समूहका बैठक तथा छलफलहरु बानेश्वरस्थित् अर्याल होटेलमा हुँदै आएका छन् । नेपाल पक्षले कुनैपनि हालतमा अध्यक्ष ओलीसामू नझुक्ने नीति लिएको छ । उनीहरु पार्टीभित्र आन्तरिक संघर्ष गर्ने र देशव्यापी रुपमा समानान्तर कमिटी बनाएर अघि बढ्ने पक्षमा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३