काठमाडौँ – यतखामा अवस्थित कंग अजिमा द्यः छेँ (देउताको घर) को पुनः निर्माण कार्य सम्पन्न भएपश्चात काठमाडौँ महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्यले उक्त सम्पदाको शुभारम्भ गरेका छन् ।
कंग अजिमा खलः समितिको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा उपमेयर हरीप्रभा खड्गी, महानगरका प्रवक्ता इश्वरमान डंगोल, १८ वडाका अध्यक्ष न्हूच्छे काजी महर्जनलगायतको उपस्थिती रहेको थियो ।
शुभारम्भ कार्यक्रममा श्री कंग अजिमा, यतखामा विराजमान हुनुभएको नाट्यश्वर र कुमारी देवीको पनि पुजा-आरधना गरिएको थियो । यसै अवसरमा विभिन्न व्यक्तिवहरु पनि सम्मानित भएका छन् ।
पछिल्लो समय काठमाडौ महानगरले सम्पदा संरक्षण गर्ने हेतुले पुनः निर्माणलगायतका कार्यमा आर्थिक सहयता पनि दिदै आइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३