काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का एक लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ३८ लाख ७३ हजार नाघेको छ भने एक लाख ७२ हजार ८५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये महाराष्ट्रमा मात्रै ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै उत्तर प्रदेशमा १७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने छत्तीसगढमा १५ हजार र दिल्लीमा १३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारत अमेरिकापछि विश्वमै सबैभन्दा धेरै कोरोनाबाट प्रभावित मुलुक हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३