नयाँ वर्ष २०७८ को विहानीको नव किरण सँगै एउटा नयाँ पवित्र कार्यको थालनी भएको छ ।संघीय सांसद माननीय जीवनराम श्रेष्ठबाट भएको विशेष पहलमा शोभा भगवति मन्दिरबाट विहान ७ बजेदेखी ९ बजेसम्म विष्णुमति नदी सरसफाइ अभियान शुरु भएको छ ।
विष्णुमती वरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरेको श्रेष्ठले बताए । हरेक महिनाको अन्तिम शनिवार विहान ७ बजे देखि ९ बजेसम्म सरसफाइ अभियान नियमित सञ्चालन हुने उनले बताए ।सरसफाइ अभियानमा माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, काठमाडौं महानगरपालिका वडा१५ का अध्यक्ष एवम् काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, कामपा १५ वडा सदस्य मैयाँलक्ष्मी महर्जन, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, स्थाननीय संघसंस्था, बाग्मती नदी सरसफाइका अभियन्ता लिलामणी पोखरेल तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिले अझ थप हौसला प्राप्त भएको उनले बताए ।
जीवनमा गरेको अनेकौं क्रियाकलापहरु मध्ये सम्झनलायक एउटा कार्यमा विष्णुमति नदी सरसफाइ पनि हुने बताउँदै नयाँवर्षको सुरुवातमा काठमाडौँ उपत्यकाको सभ्यता, संस्कृति र वातावरणको अभिन्न स्रोत विष्णुमती नदीलाई मृतावस्थामा पुग्नबाट बचाउने सरसफाइ महोत्सवमा सहभागि भएर स्मरणयोग्य कामको थालनी गरेको बताए ।‘यो अभियान जीवन राम श्रेष्ठको मात्र नभइकन विष्णुमती सभ्यतासँग जोडिएको हरेक नागरिकको अभियान हो । विष्णुमति खोला प्रदुषित भइ धार्मिक एवं सांस्कृतिक कार्यहरुमा असर पर्न गएको छ ।’
खोला प्रदुषित हुँदा स्थानीय वातावरण प्रदुषित भइ खोला वरिपरिको स्थानीय नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुँदा विष्णुमति सरसफाइ अभियान हरेक नागरिकको कर्तव्य भएको उनले बताए ।सरसफाई अभियानमा सहभागि माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले भने, ‘स्थानीय वासिन्दा, युवा समूह, नदी सरसफाइ अभियानकर्ता तथा नेपाली सेना, नेपाल प्रहरी सबैलाई समेटेर यो विष्णुमती नदी सरसफाइ अभियान थाल्नु माननीय प्रतिनिति सभा सदस्य जीवनराम श्रेष्ठज्यूको प्रसंसनीय कार्य हो ।’
‘मानव जीवनमा परिवर्तन ल्याउने हो भने, पहिले सोचमा नै परिवर्तन ल्याउनु पर्छ ।’, उनले भने, ‘नदीमा फोहोर फाल्ने पनि मानव नै हो र त्यही फोहोर सफा गर्ने पनि मानव नै हो । त्यसैले जवसम्म मानवमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने जनचेतना आउँदैन तवसम्म एकपक्षले फोहोर फालिरहने र अर्को पक्षले त्यस फाहोरलाई सफा गरिरहने परम्परा यथावत रहने छ । ’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३