काठमाडौं – पाकिस्तानबाट इयर अरेबिया एयरलाइनस मार्फत आरजाह हुँदै नेपाल आएका एक नेपाली लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका वडा १ का ४९ वर्षका दावा लामा रहेको प्रहरीले जनाएको छ ।
उनी गत चैत २६ गते नेपाल आएका थिए । उनले लागु औषध लुकाई छिपाई ल्याएको भन्ने गोप्य सुचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले नेपाल प्रहरी अस्पतलमा ल्याएर सीटिस्क्यान गरेको थियो ।
त्यसक्रममा लामाको पेटमा ९३ वटा क्याप्सुल देखिएको थियो । त्यसपछि दिसाबाट निकालेर जोख्दा ९०० ग्राम तौल रहेको प्रहरीले जनाएको छ । त्यस्तैगरी उक्त व्यक्तिको साथबाट उनको पासपोर्ट १ थान, ३०० अमेरिकन डलर र एकथान टिकट फेला परेको प्रहरीको भनाइ छ ।
त्यस्तै गरी लागुऔषध कारोबारमा संलग्न धादिङकै सत्यदेवी गाउँपालिका २ का ५९ वर्षका काँइलिमाया भन्ने गोपी तामाङ, धादिङ रुविभ्याली ३ का ४५ वर्षकी होनीमायाँ तामाङ्नी र लमजुङ मर्स्याङ्दी वडा ४ का वयस बहादुर गुरुङलालई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । उनीहरुबाट बरामद भएको लागु औषधको मूल्य करिव ९० लाख रहेको प्रहरीको भनाइ छ ।
त्यस्तैगरी कारोवारमा संलग्न केहीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३