ललितपुर – गत वर्ष लामो समयसम्म अन्यौल रहेर भएको विवादले उग्र रुप लिँइ झडप समेत हुन पुगेको रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष भने प्रतीकात्मक रुपमा तानेर मात्र सम्पन्न गरिने भएको छ ।
सरोकारवालाहरुको बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दैै न्यून संख्यामा मात्र उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा जेठ १ गत रथ तान्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको पनि उनले बताए ।
जिल्ला सुरक्षा समितिको बैठकले जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी सुरक्षा घेराभित्र रथयात्रालाई अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्न सबै सुरक्षा निकायहरुले समन्वयात्मक कार्य गर्ने निर्णय भएको पनि जानकारी दिईएको छ ।
रातो मच्छिन्द्रनाथको रथयात्रालाई नेपालकै लामो रथजात्राको रुपमा लिने गरिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३