चीन – चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरुद्ध चिनियाँ खोप लगाएको जनाइएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गरे ।
प्रवक्ता वाङका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबाट सार्वजनिक गरेका थिए । यस बाहेक चीन सरकारले चीनमा बसेका विदेशीहरुको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेर मापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको छ भने हालसम्म चीनमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुले चिनियाँ खोप लगाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३