काठमाडौँ – अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे ।
उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे । यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । खेलको आठौं मिनेटमा सर्जियो अग्युरोको प्रहार आकासिएको थियो।
१८औं मिनेटमा कप्तान लिओनल मेसीको फ्रिकिक थोरैले बाहिरिएको थियो।त्यसपछि पाराग्वेले खेलमा सुधार ल्याएको थियो। खेलको अन्त्यतिर पनि अर्जेन्टिनाले पाएका अवसर सदुपयोग गर्न सकेन। जितसँगै समूहमा शीर्ष स्थानमा उक्लिएको अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोड्न सफल भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७