१० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई पराजित गर्दै चेक गणतन्त्र युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा चेकले नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका डि लिटले ५५ मिनेटमा रातो कार्ड पाएका थिए। सुरुमा पहेँलो कार्ड पाएका लिटलाई भिएआरमार्फत रेड कार्ड दिइएको थियो।
पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको थियो । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा समेटिएको हो ।
१० खेलाडीमा सीमित हुनुअघि नेदरल्यान्ड्सका डेनयल मालेनले गोल गर्ने पाएको सुन्दर मौका खेर फालेका थिए। वान भर्सेस वानको अवस्थामा उनको प्रहारलाई चेकका गोलकिपरले विफल पारे। अब चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई ४-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यस अघि नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो । चेक रिपब्लिकले समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३