कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ । मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो । समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।
मेस्सीको पासलाई सदुपयोग गर्दै गोमेजले खेलको छैटौं मिनेटमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले पेनाल्टीमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन तीन मिनेट अघि सर्जियो अग्युरोको पासमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरे । खेलको ६० औ मिनेटमा बोलिभियाका लागि सावेद्राले एक गोल फर्काए ।
त्यसको ५ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को शानदार जित दिलाए । समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३