कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आईतबार बिहान अर्जेन्टिनाले इक्वडेरलाई ३–० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे । अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको भूमिका रह्यो । मेस्सीको पासमा ४० औं मिनेटमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए ।
दोस्रो हाफको इन्जुरी टाइममा इक्वेइडर १० खेलाडीमा सीमित बन्यो। अर्जन्टिनाका डि मारियालाई फल गरेपछि इक्वेडरका हिन्कपीलाई रातो कार्ड दिइएको थियो। खेलको ईन्जुरी समयमा उत्कृष्ट फ्रिकिकमार्फत मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए । अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७