एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ
प्रकाशित मिति: २०७८ अषाढ २१, सोमबार (३ साल अघि)
४८३ पटक पढिएको
काठमाडौं – एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा २ जनालाई काठमाडौं महानगरपालिका-५ भत्केको पुलबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् ।
सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट LLOYDS VISS Debit Card London र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरुले LOYDS VISS Debit Card London एक्सपाएर भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको तथा निकालेको उक्त रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको उक्त परिसरले जनाएको छ ।