बाँसको डण्डा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति: २०७८ अषाढ ३१, बिहिबार (३ साल अघि)
३२४ पटक पढिएको
कञ्चनपुर – बाँसको डण्डा प्रहार गरी भिमदत्त नगरपालिका-१० तिल्केनी बस्ने ४२ वर्षीय बिर राम लुहारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय गिरधारी लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आपसी झगडाको कारण गिरधारीले बाँसको डण्डा प्रहार गर्दा बिर राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले गिरधारीलाई पक्राउ गरेको हो । साथै घाइतेलाई महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।