दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जना पक्राउ
प्रकाशित मिति: २०७८ श्रावण २, शनिबार (३ साल अघि)
२४३ पटक पढिएको
काठमाडौं – काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला बस्ने दोलखा तामाकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय अर्जुन मग्राती रहेका छन् ।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्दा झोलामा लुकाई ल्याएको उक्त छाला फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।