काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा दिपक श्रेष्ठले उम्मेदवारीको घोषणा गरेका छन् ।
बेलायतस्थित नेपाली समुदायका अगुवा, संघसंस्थाका प्रतिनिधि र एनआरएनए अभियन्ताहरुको उल्लेख्य उपस्थितिमाझ उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले एनआरएनए यूकेलाई आर्थिक पारदर्शितायुक्त, प्रविधि मैत्री, सबैको सहभागितामुलक संस्थाका रुपमा अघि बढाउन आफु सक्रिय हुने बताए ।
सन् २००७ देखि बेलायतलाई आफ्नाे कर्मभूमि बनाउँदै आएका श्रेष्ठले उम्मेदवारीको औपचारिक घोषणा गर्दै १० बुँदे एजेन्डा एवम् प्रतिबद्धताहरु पनि सार्वजनिक गरेका छन्।
उम्मेदवारी घोषणाको क्रममा ‘नेपाली नागरिकता निरन्तरतासँगै नेपालस्थित हाम्रो पैत्रिक सम्पत्तिमाथिको अधिकार लगायतका सवालमा कुनै पनि सम्झौता हुन सक्दैन भौतिक रुपमा विदेशमा रहेर पनि भावनात्मक, सामाजिक, आर्थिक, सांस्कृतिक हरेक हिसाबले मातृभूमि नेपालसंगै निकट हामीलाई जबर्जस्ती हाम्रो नेपाली नागरिकता खोसिने कार्य हामीलाई किमार्थ स्वीकार्य हुँदैन ’ भनेर श्रेष्ठले भने।
यसैगरि सामाजिक सञ्जालमा गरिएको लण्डन–काठमाडौं मत सर्वेक्षणमा तीन जना प्रत्यासीहरु मध्ये श्रेष्ठले ४३.२ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेम गाहा मगरले ३५.४ प्रतिशत र रोजिना प्रधान राइले २१.४ प्रतिशत मत प्राप्त गरेका थिए । सर्वेक्षणमा ४७,४८४ जनाले सहभागिता जनाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७