भारतमा कोरोना भाइरसबाट थप ४२ हजार ६२५ जना सङ्क्रमित भएका छन् ।
कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख ६९ हजार १३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार ३५३ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो ।
गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ६६८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड नौ लाख २२ हजार ३५४ रहेको छ ।
सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३७ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।
हालसम्म यहाँ ४७ करोड ३१ लाख ४२ हजार ३०७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १८ लाख ४७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको थियो ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान श्ुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४८ करोड ५२ लाख ८६ हजार ५७० डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।-एएनआई
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३