लन्डन – बेलायती रक्षामन्त्री बेन वालेसले ३१ अगस्टको समयसीमाभित्र सबै सेना र उनीहरुसँग फर्किन चाहने मानिस काबुलबाट फर्किन असम्भव भएको बताएको छन् ।
विश्वका धनी राष्ट्रहरुको समूह जी–७ का नेताको अफगानिस्तान संकटबारे भर्चुअल बैठक चलिरहेका बेला रक्षामन्त्रीको सो धारणा आएको हो । तालिवानले निर्धारित समयभित्र आफ्ना सेना फिर्ता नगरे आक्रमण गर्ने चेतावनी दिइसकेको छ ।
अहिलेसम्म अफगानिस्तानबाट बिभिन्न देशका सेना र उनीहरुसँग काम गर्ने अफगानीसहित ४८ हजारले देश छाडिसकेका छन् । अझै हजारौ मानिस काबुल छोड्न विमानस्थलमा भेला भएका छन् ।
तालिवानको अत्याचारबाट बच्न विदेशी सेनासँगै जान चाहने अफगानीको भीडका कारण हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त बनेको छ । विमानस्थल पुग्ने विभिन्न नाकामा तालिवानले अवरोध गर्दा झडप भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३