काठमाडौं – नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दै छन् ।
नेपाल स्टक एक्सचेञ्जको कार्यालय सिंहदरबार प्लाजामा आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणमा विवादमा परेपछि नियामक निकाय नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् । साउदले आजै राजीनामा दिन सक्ने चर्चा नेप्सेमा चलेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३