दाङ – दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही ठाउँकै ३२ वर्षीय शुशीला श्रेष्ठ, घोराही-१४ की ३१ वर्षीया राधा कुवँर र सोही ठाउँकै ४२ वर्षीया यमुना केसीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले गएराति १० बजेतिर प्रदेश प्र.३-०१-०२४ च ४४४० को कारलाई खोलाले बगाएको जानकारी दिए । कारमा पाँच जना सवार रहेको र चालक घोराही-१५ का नरबहादुर पुनलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
खुट्टा भाचिएको अवस्थामा चालक पुनलाई उद्धार गरिएको रिजालले बताए । मृतक चारै जनाको शब पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३