काठमाडौं – कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले भदौ २० अर्थात आइतबारदेखि मनकामना केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।
‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आउँदो आइतबार भाद्र २० गतेबाट स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौँ’, मनकामना दर्शन प्रालिले भनेको छ ।
कम्पनीले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ । मनकामना दर्शन प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ ।
यस्तै मनकामना मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय बमोजिम हुने समेत जानकारी गराएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३