काठमाडौं – बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ परेका छन् । उच्च अदालत पाटनले ४ माघ २०७७ मा दोषी ठहर गरी ६० लाख जरिवाना तोकेकोमा फरार रहेका अभियुक्त इलाम जितपुर–४ का ४३ वर्षीय टंकनाथ कट्टेललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
व्युरोले प्रेस विज्ञप्ति जारी गरेको दिएको जानकारीअनुसार अदालतले उनलाई बैंकिङ कसुरमा ६० लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय सुनाएको थियो । तर, फरार रहेका उनलाई १७ भदौमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई झापाको विर्तामोडबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा पेस गरिएको व्युरोले जानकारी दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३