काठमाडौं – राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेखेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेका हुन् ।
मञ्चले लेखेको पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको छैन । दशैं÷तिहार तथा छठ नजिकिँदै गर्दा बजारमा चिनीको मूल्य १०० रुपैयाँभन्दा माथि पुगेको छ ।’ यस्तो अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३०० मेट्रिक टन र चिनी उत्पादकसँग साढे ६ हजार मेट्रिक टन चिनी रहेको मञ्चले बताएको छ ।
तर, चाडवाडको समयमा प्रतिमहिना ३० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसअघि मञ्चले नै जेठ महिनामा संकलन गरेको तथ्याँकअनुसार निजी क्षेत्रसँग २१ हजार मेट्रिक टन चिनी मौज्दात थियो । यस्तै, भन्सार विभागको तथ्याङ्कअनुसार सो अवधिमा १० हजार ५०० मेट्रिक टन चिनी आयात भएको छ । यसले अर्थ मन्त्रालयका उच्च पदस्थहरुले सरकारलाई नै गुमराहमा राखेर आपूर्ति व्यवस्था असहज पार्ने नियत देखिएको मञ्चले आरोप लगाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३