काठमाडौं – काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ। जहाजको ककपिटमा धुँवा देखिएपछि सोमबार बिहान पोखराका लागि उडेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो।
बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
जहाजमा देखिएको समस्या समाधान गरी पुनः पोखरा गएको विमानस्थलले जनाएको छ। जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको बुद्ध एयरका अधिकारीहरुले जनाएका छन्।
यसैबीच, आज बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौं फिर्ता भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७