काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ ।
यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छिन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३