काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको नेपालको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । ‘अवस्था सामान्य हो । घरमै आराम गरिरहनुभएको छ । सोमबारको तुलनामा स्वास्थ्यमा सुधार भइरहेको छ’, अध्यक्ष नेपालको सचिवालयले भनेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३