काठमाडौं – मृत्यु भइसकेकाको नामको वृद्धभत्ता लिएर हिनामिना गर्ने कर्मचारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले साविक उदयपुरको रामपुर ठोक्सिला गाविसका कर्मचारीहरुलाई नियन्त्रणमा लिई मुद्दा दायर गरेको हो ।
अख्तियारले सूचना जारी गरी तत्कालिन गाविस सचिवहरु केशव प्रसाद आचार्य, लोकेन्द्र कार्की, विसाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलमाथि मुद्दा दायर गरेको हो । उनीहरु विभिन्न समयमा तत्कालिन रामपुर ठोक्सिला गाविसका सचिव थिए ।
सिग्देल शाखा अधिकृतबाट सेवानिवृत्त भइसकेका छन् । उनीमाथि १ लाख ७६ हजार वृद्धभत्ता हिनामिनाको आरोप छ । माधवप्रसाद खतिवडा हाल रौतामाई गाउँपालिकाका अधिकृत छैटौं पदमा छन् । उनीमाथि ३ लाख १४ हजार हिनामिनाको आरोप छ ।
विशाल सुन्दास हाल तथ्यांक कार्यालय उदयपुरमा खरिदार छन् । उनीमाथि ८२ हजार हिनामिनाको आरोप छ । लोकेन्द्र कार्की हाल रौतामाई गाउँपालिका वडा नं ७ का सचिव छन् । उनीमाथि ७८ हजार हिनामिनाको आरोप छ । सबैभन्दा बढी हिनामिनाको आरोप लागेका केशवप्रसाद आचार्य हाल मालपोत कार्यालय उदयपुरमा नायब सुब्बा छन् । उनीमाथि ९ लाख ९० हजार ५ सय हिनामिनाको आरोप छ ।
पाँच जनाले गरी १६ लाख ४० हजार ५ सय हिनामिना गरेको देखिन आएको अख्तियारले जनाएको छ । उनीहरुले २०६३ साल देखि २०७२ सालसम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात पनि उनीहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणमा भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत साकाजिक सुरक्षा मत्ता हिनामिना गरेको उल्लेख छ ।
सि.नं. | नामथर | कार्यालय | बिगो रु. | कसुर तथा सजायको मागदाबी |
१ | तत्कालीन गा.वि.स. सचिव हाल मालपोत कार्यालय, उदयपुरमा नायव सुव्बा पदमा कार्यरत केशव प्रसाद आचार्य | साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर | रु. ९,९०,५००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
२ | तत्कालीन गा.वि.स. सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्की | साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर | रु.७८,०००।– | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
३ | तत्कालीन गा.वि.स.सचिव पदमा कार्यरत हाल तथ्याङ्क कार्यालय, उदयपुरमा कार्यरत खरिदार विसाल सुन्दास | साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर | रु. ८२,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
४ | तत्कालीन गा.वि.स. सचिव (ना.सु.) हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौ पदमा कार्यरत माधव प्रसाद खतिवडा | साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर | रु.३,१४,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
५ | तत्कालीन गा.वि.स. सचिव पदमा कार्यरत (हाल अबकास प्राप्त) शाखा अधिकृत पुष्पराज सिग्देल | साविक गाउँ विकास समितको कार्यालय, रामपुर ठोक्सिला उदयपुर | रु. १,७६,०००।- | भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरजन्य कार्य भएकोले सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिम सजांय गरी सोही ऐनको दफा १७ बमोजिम उक्त विगो असुल हुन मागदावी लिइएको छ । |
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३