वीरगंज – पर्सा प्रहरीले एसिड प्रहार गरि फरार रहेको मियाँलाई नियन्त्रणमा लिएको छ।
२०७४ साल भदौ २० गते बिहान ६: २० बजे वीरगंज महानगरपालिका वडा नम्बर ४ स्थित गणेशमान चोकमा १५ वर्षीया बालिका मुस्कान खातुन माथि एसिड प्रहार गरेका व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न १७ वर्षीय सम्साद मियाँ बिरुद्ध ज्यान मार्ने उधोग तथा तेजाब प्रयोग गरि अनुहार कुरुप पार्ने समबन्धि कसुरमा अदालतले सजाय तोकेको थियो। उनी फरार रहदै आएका थिए।
वीरगंज महानगरपालिका वडा २ ईद गाह चोकबाट संम्सादलाई पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७