काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो टाउकोमा हजारौँको सहिदको ऋण रहेको बताएका छन् ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले सो बताएका हुन् । उनले नेपालमा क्रान्तिबाट सामान्तवाद विरुद्ध राजनीतिक का्रन्ति सम्पन्न गरेको बताए । उनले लेनिनले भनेजस्तो समाजवादी क्रान्ति गर्ने कि नगर्ने भन्ने अवस्थामा आएको बताए ।
प्रचण्डले भने, माओवादीले क्रान्तिकारी विरासत खडा गर्यो, जुन विरासत अरुसँग छैन, माओवादी सँग मात्र छ, हामी त्यो क्रान्तिलाई उठाएर नयाँ उचाइमा पुर्याउने वा यथास्थितीमा नै रहेर हामीपनि अरु जस्तै हो भनेर पतन हुने ? यस्तो सवाल हाम्रो अगाडि छ । हामी विस्तारै विस्तारै हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ । सामाजिक , राजनीतिक क्रान्तिमा स्खलन आएको बताए ।
उनले आफुहरु पनि पद, प्रतिष्ठा र आफ्नो वर्गको निम्ति लक्षित भएको बताए । जो जति माथि पुग्यो त्यति पतन भएको आरोप पनि लगाए ।
पार्टीलाई क्रान्तिकारी रुपान्तरण सम्भव रहेको बताउँदै गर्दा आफुले नै बनाएका नेताद्वारा प्रतिक्रान्ति भएको आरोप लगाए । उनले त्यो प्रतिक्रान्तिको टार्गेट अरुबेलाको जस्तो नभएर माओवादीले क्रान्तिहरुलाई पनि हटाउने टार्गेट भएको बताए ।
माओवादी द्धन्दकालमा जस्तै अहिले प्रतिगमनकारीहरुको घेरा हालेको बताए । पछिल्लो घटनाक्रमबाट आफुहरुमा अब क्रान्ति गर्ने कि छोड्ने भन्ने यक्ष प्रश्न आएको बताए र सोही समयमा आफुमा पनि अब मैले क्रान्तिबाट आत्मसर्मपण गर्ने कि अघि बढ्ने भन्ने सवाल आएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७