काठमाडौं – मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा युवा क्षमता विकास तालिम र आधारभुत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा काम बाहेक बढी रकम भुक्तानी गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष मुक्तान र कार्यक्रम संचालन गर्ने फिलिंगो मिडियाका संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगरर सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
६ जनाले भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले जनही २ लाख ६० हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचारविरुद्धको सजाय हुन माग दाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७