काठमाडौं – स्वाभिमान माइक्रोफानान्स वित्त संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको चुक्तापुँजी ९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको छ ।
वित्त कम्पनीले चुक्तापुँजीका ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशत लाभांश शेयरधनीहरुलाई दिने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३