काठमाडौं – सवारीसाधनमा पाकेटमारी गर्ने र चोरी गर्ने २०७ जनालाई काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
काठमाडौको रिङरोड वाहिर र भित्री ईलाकामा चल्ने सार्बजनिक यातायातहरु सपिङ्ग महल , मुख्य मुख्य मार्केटहरुमा पाकेटमारी गर्ने २०७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी पाकेटमाराहरुलाई पकाउ गरेको परिसरका एसएसपी अशोक सिंहले बताए ।
बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे रङ्गे हात तथा पटके पाकेटमारहरु २०७ जना पक्राउ गरि अनुसन्धान भईरहेको उनले बताए ।
उनका अनुसार सार्वजानिक बसहरुमा पकेटमाराहरु २/२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीबाट घेरावन्दीमा पारि ठेलमठेल गरेर मोवाईल, नगद र सुनचाँदी चाेरेर पालो पालो गरि ओर्लने गर्थे ।
उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने पाइएको उनले बताए । उनीहरुले पैसालाई द , मोवाईललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने (मास्टर) लाई काशी, पैसा धेरै छ लाई टानको द , पैसा थोरै छ लाई जुटको द जस्ता सांकेतिक भाषा प्रयाेग गर्ने गर्थे।
यस्तै गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठुल्दाई आयो , ड्राईभरलाई माम, खलासीलाई मले गाडीवाट झरेर भागलाई टप्की गाडी भित्र अगाडी सरलाई अकल जा,गाडी भित्र पछाडी सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गर्थे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३