खोटाङ – वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।
साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका- ५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौलेका धनशेर राईको ज्यान गएको हो ।
यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका- ६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका- ७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका- ३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए ।
दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो । २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ ।
अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो । प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए । चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३