काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन् ।
चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन् ।
मंगलबार खाद्यान्न, लत्ता कपडा, तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । प्रशासनका अनुसार ना, केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३