ललितपुर – ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइने जनाएको हो ।
जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार आज बुधाबारबाट १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।
चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै खोप लगाउन थालिएको गेलालले बताए । आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । काठमाडौंले भने एकहप्ता अघि नै १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाइसकेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३