काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने असोज २० गते आज अन्तिम दिन रहेको छ । यस वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको असोज ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तपूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने भएको हो ।
बैंकले साधारण सभाको मिति भने तय गरेको छैन् । साधारण सभाको मिति तय नभएपनि बुक क्लोजको मिति भने बैंकले तय गरिसकेको छ । आगामी १५औं वार्षिक साधारण सभाका लागि असोज २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २१ गते घटस्थापनाको कारण बजार बन्द हुने भएकाले असोज २० गतेसम्म कायम शेयरधनीहरुले मात्र प्राप्त बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस वर्ष बैंकको लाभांश विगत तीन आर्थिक वर्ष यताकै उच्च हो । आर्थिक वर्ष ०७३/७४ मा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले त्यसपछिकै सर्वाधिक लाभांश यो वर्ष घोषणा गरेको हो । अघिल्ला तीन आर्थिक वर्ष ०७४/७५ मा ३ दशमलव ६२८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ६३५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा भने बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३