काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले ३१ दशमलव ०५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३