ईस्लामावाद – पाकिस्तानमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पमा २०० भन्दा बढी घाईते भएका छन् । ५ दशमलब ७ रेक्टर स्केलको सो भूकम्पका कारण बलोचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित छ ।
भूकम्पपछि विद्युतीय आपूर्ति बन्द हँुदा सो प्रान्तका केही अस्पतालसमेत प्रभावित छन् । हार्नी सहरमा सडक भत्किएका छन, विद्युत आपूर्ति अबरुद्ध भएको छ र मोवाईलको नेर्टवर्किङमा समस्या देखिएको छ ।
भूकम्पछि घर तथा छाना भत्किदा मानिसहरु फँसेका थिए । भुकम्पपछि क्वेटा शहरका मानिसहरू सडकमा निस्केका थिए । भूकम्पमा अहिलेसम्म २० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,’ बलोचिस्तानका गृहमन्त्री मिर जीया उल्लाहले भने । मृत्यु हुनेमा एक महिला र ६ बालबालिका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३