काठमाडौं – दसैं सुरु भएसँगै सरकारले सार्वजनिक यातायातको रुट परमिट(सडक अनुमति)हटाएको छ ।
दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन आज बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
योसँगै अब यात्रुवाहक सवारीसाधन मुलुकका जुनसुकै ठाउँमा जान सक्नेछन् । त्यसका लागि सरकारसँग रुट परमिट लिनु पर्दैन । अब काठमाडौं उपत्यकासहित छोटो दुरीका सवारी साधन पनि लामो दुरीका लागि प्रयोग गर्न सकिन्छ ।
धेरै यात्रु एकैपटक उपत्यका बाहिर जाने भएकोले दसैंमा सवारीसाधन अपुग हुन्छन् । जसकारण रुट परमिट खुल्ला गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३