प्योङयाङ – उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ ।
यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।
अन्तर्राष्ट्रिय प्रतिबन्धकाबाबजुद उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य प्रविधिमा तीब्र प्रगति गरेका छन् । गत साता मात्र उत्तर कोरिया र अमेरिकाबीचको तनाबको मुख्य कारक वासिंगटन भएको किमले आरोप लगाएका थिए । उत्तर कोरियाले अमेरिकालाई कहिल्यै पनि शत्रुतापूर्ण दृष्टिकोण नराखेको उनको भनाई थियो ।
अमेरिकी दूतले प्योङयाङसँग वार्ताको प्रस्ताव गरिरहेका बेला उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो । ‘एक अर्को देशबीच समझधारी बढाउन हामी उत्तर कोरियासँग वार्ता गर्न चाहन्छौं’, उत्तर कोरियाका लागि अमेरिकी दूत सुङ किमले भने ।
कोरियाली नेता किमले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले आफ्नो शासन कालमा उत्तर कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने वारम्बार बताए पनि सफल हुन सकेका थिएनन् । उत्तरलाई निशस्त्र पार्ने विषयमा वर्तमान राष्ट्रपति जो बाईडेनले कूटनीतिलाई तीब्रता दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३