काठमाडौं – बाढी पहिरोबाट घर भत्केकाहरुलाई घर निर्माण गर्न सरकारले ३ देखि ५ लाख सम्मको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा घर बनाउन ५ लाख र तराईमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
आजको बैठकले घर निर्माणको लागि जग्गा नहुनेलाई थप ३ लाख उपलब्ध गराउने भएको छ भने विपद् व्यवस्थापन समितिको तर्फबाट घरबार नभएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने आज निर्णय गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३