काठमाडौं – बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या ५८ पुगेको छ । अविरल वर्षापछि बाढीपहिरोले देशका अधिकांश स्थानमा क्षति पुर्याएको हो ।
सबैभन्दा बढी क्षेत्री प्रदेश नं १ र सुदूरपश्चिममा पुर्याएको छ । प्रदेश नं १ मा ३० र सुदूरपश्चिम प्रदेशमा २० जनाको मृत्यु भएको छ ।
अहिलेसम्म २६ जना वेपत्ता छन् । सबैभन्दा बढी सदूरपश्चिम प्रदेशमा २३ जना वेपत्ता छन् ।
तराईका जिल्लाहरुमा धानबालीमा ठूलो क्षति पुगेको छ । पाकेको बालीमा क्षति पुग्दा अरबौंको नोक्शान भएको छ । यसले देशको अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भएको छ ।
सरकारले बाढीपीडितबाट प्रभावितलाई राहत घोषणा गरेको छ । मृतकका परिवार र घरबारविहिनलाई घर बनाउन राहत घोषणा गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३