काठमाडौं – के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३