विशाल बस्नेत, महोत्तरी – महोत्तरीमा नेकपा एमालेको वडा अधिवेशमा विवाद सिर्जना भएको छ । वडा अधिवेशन एकलौटी ढंगले गरेको भन्दै बल्वा नगरपालिकाका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाका केही वडाहरूमा समान्तर कमिटी समेत गठन भएका छन ।
पाटीभित्र गरेको योगदानलाई बेवास्ता गरी नातागोता र सम्बन्धको आधारमा निर्वाचित गरेको भन्दै समानान्तर कमिटी गठन गरिएको छ ।
केही असन्तुष्ट समुहले समानान्तर कमिटी गठन गरे पनि छिट्टै त्यसलाई समाधान गर्ने नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले बताए ।
‘यदि दुवै पक्षमा सहमति नभए हामी निर्वाचन नै गर्ने तयारी गर्दै छौँ । अवस्था हेरेर तुरुन्त निर्णय गर्छौ’, सचिव झाले भने ।
महोत्तरीका १३७ वडामध्ये करिब ८० प्रतिशत वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्वसहित पदाधिकारी चयन भएको झाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३