काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले थन्किएर बसेका नेपाल वायुसेवा निगमका जहाजहरु सञ्चालन गर्ने बताएका छन् । उनले पर्यटन प्रवर्द्धन हुनेगरि उडान भर्ने पनि बताएका छन् । उनले विगतभमा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको टिप्पणी गरे । तर, आफूले त्यसो नगर्ने उनको प्रतिबद्धता छ ।
आज (मंगलबार) नेपाल पर्यटन बोर्डले स्वागतकोलागि आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा म लागिपरेको छु ।’ कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफूले सकारात्मक भूमिका खेल्ने पनि बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३