काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एकल इजलास सुरु गरेका छन् । अरु न्यायाधीशहरु आन्तरिक छलफलमा व्यस्त हुँदा उनले भने आफ्नो एकल इजलास सुरु गरेका छन् । बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका छन् ।
आजका लागि राणाले प्रधानन्यायाधीश वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका छन् । पछिल्लो समय न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् । उनीहरुले आईतबारदेखि इजलास बहिष्कार गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३