ओटावा – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले विकासन्मुख देशलाई २० करोड डोज खोप अनुदान दिने घोषणा गरेका थिए । कोभ्यास सहयोगअन्तर्गत क्यानडाले सन् २०२२ सम्म सो परिमाणमा खोप दिने प्रधानमन्त्री ट्रुडोले बताएका हुन् ।
प्रतिबद्धता जनाइएको खोप परिमाणमध्ये मोडेर्नाको १ करोड डोज तत्काल उपलब्ध गराउने उनले बताए ।
क्यानडाले दक्षिण अफ्रिकामा खोप उत्पादन बृद्धिमा सहयोग गर्न १ करोड ५० लाख डलर सहयोगसमेत प्रदान गर्ने भएको छ । अफ्रिकामा अझै पनि आधाभन्दा बढी जनसंख्याले खोप लगाउन पाएको छैन् ।
अगस्टमा अमेरिकी कम्पनी मोडेर्नाले देश बाहिर पहिलो पटक क्यानडामा खोप बनाउन सुरु गर्ने जनाएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३